काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ । सप्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार बेलुका ७८ जना एसपीको सरुवा गरेका हुन्।
तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ।
कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधि ज्ञवाली, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल, गोरखामा वासुदेव पाठक, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन्।
यस्तै धनकुटामा विमल बस्नेत, डोटीमा विष्णुहरि कोइराला, चितवन भावेश रिमाल, धनुषामा मित्रवन्धु शर्मा, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जितसिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ।
स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरीमा श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन्।
जिल्ला इन्चार्जको जिम्मेवारी पाएको एक वर्ष पूरा भएका एसपीलाई सरुवा गरिएको हो। यसअघि जिल्ला इन्चार्ज रहेकाहरूलाई अन्य कार्यालयमा खटाइएको छ।