Logo

बुधवार, श्रावण २७ गते २०८३

images

अरुलाई पीडा होला भनेर मैले आफ्नो समस्यालाई लुकाएर बोलिरहेको छुः डाक्टर चन्द्र भण्डारी

अरुलाई पीडा होला भनेर मैले आफ्नो समस्यालाई लुकाएर बोलिरहेको छुः डाक्टर चन्द्र भण्डारी

दैनिकी न्यूज

२, फाल्गुण २०८०
अरुलाई पीडा होला भनेर मैले आफ्नो समस्यालाई लुकाएर बोलिरहेको छुः डाक्टर चन्द्र भण्डारी
images

ललितपुर । नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले जलन सम्बन्धि कुरा गर्दा अरुलाई पीडा होला भनेर आफ्नो समस्यालाई लुकाएर बोलिरहेको बोल्ने गरेको बताएका छन् । आगलागीमा परेका बृद्ध दम्पतीको उद्धारका क्रममा जलनका कारण २०७८ फागुन १ गते मृत्युुवरण गरेका स्वर्गीय विप्लव अधिकारीको नाममा स्थापित विप्लव अधिकारी स्मृति सदनको मंगलबार आयोजित प्रथम साधारणसभामा मन्तव्य राख्दै डाक्टर भण्डारीले प्रजातान्त्रिक राज्य व्यवस्था सहित बहुदलीय व्यवस्था आएको ३२ बर्ष भएपनि जलन सम्बन्धि एउटा पनि अस्पताल बन्न सकेको रहेन छ भन्दै दुःख ब्यक्त गरे ।

'प्रजातान्त्रिक राज्य व्यवस्था सहित बहुदलीय व्यवस्था आएको ३२ बर्ष भयो, तर जलन सम्बन्धि एउटा पनि अस्पताल बन्न सकेको रहेन छ । हामीले गरेको विकास त जनतामा पुर्यायौं, त्यसको उपयोगका बारेमा जनचेतनासम्म पनि जगाउन सकेनौं । यसले यस्ता गम्भीर समस्या उत्पन्न भैरहेको छ ।' डाक्टर भण्डारीले भने, 'मैले जलनको समस्या ब्यहोरेको एक बर्ष भइसक्यो, अझै पनि हातले राम्रोसँग समात्न सक्दैन, आमा वितेको पनि मैले दुई महिना पछि मात्रै थाहा पाँए । अझै पनि पोल्छ, मेरो समस्याले अरुलाई पीडा हुन्छ भनेर अरुलाई पीडा होला भनेर मैले आफ्नो समस्यालाई लुकाएर बोलिरहेको छु।'

उनले पाठ्यक्रममा नै सुरक्षा सावधानीका बारेमा समेटिनु पर्छ भन्दै नेपालमा काम भन्दा भाषण विक्ने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गरे । नेतृत्व गर्ने ब्यक्तिहरुमा चेतना नभइ काम हुन सक्दैन भन्दै उनले यसकारण नेपालमा समस्या भएको बर्ताए ।
संघीय सरकारले जनल सम्बन्धि उपचार गर्ने राम्रो अस्पताल बनाउन नसकेकोमा चिन्ता ब्यक्त गगर्दै उनले ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौंका महानगरप्रमुख बालेन्द्र शाह र डाक्टर तोसिमा कार्की मिलेर लाग्नुस् भन्ने आग्रह गरे ।
प्रतिनिधिसभा सभा डा तोसिमा कार्कीले ३०/४० प्रतिशतको जलनलाई पनि नेपालमा उपचार गर्न नसक्ने अवस्था हुनु दुखद् हो भन्दै अहिले संसदमा पीडितलाई राज्यले उपचारको जिम्मेवारी लिनुपर्ने गरि कानुन निर्माण गर्न लागि परेको बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ, ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन, स्वर्गीय विप्लभ अधिकारीका पिता ठाकुरनाथ अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - ०९:४१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology