Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु

कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु

दैनिकी न्यूज

३, फाल्गुण २०८०
कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु
images

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ख–००९८ नं.को सुनौलो महाकाली यातायातको यात्रुवाहक बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रुवाहक बस सडकबाट २ सय फिट तल खसेको छ ।

घाइतेलाई प्रहरीले उद्धार गरेर स्थानीय सञ्जीवनी अस्पताल, आधारभूत अस्ताल र चौराहा अस्पताल बुटवल पुर्याएको छ। बस चालक पनि घाइते छन्।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - ०७:२२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology