काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ख–००९८ नं.को सुनौलो महाकाली यातायातको यात्रुवाहक बस दुर्घटना भएको हो ।
प्रहरीका अनुसार महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रुवाहक बस सडकबाट २ सय फिट तल खसेको छ ।
घाइतेलाई प्रहरीले उद्धार गरेर स्थानीय सञ्जीवनी अस्पताल, आधारभूत अस्ताल र चौराहा अस्पताल बुटवल पुर्याएको छ। बस चालक पनि घाइते छन्।