Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दुई जलविद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

दुई जलविद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

३, फाल्गुण २०८०
दुई जलविद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । दुई जलविद्युत कम्पनीको बोनस शेयर बुधवार धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । चिलिमे जलविद्युत कम्पनीको १० प्रतिशत र सानिमामाई हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनस शेयर वापतको शेयर दोस्रो बजारमा सूचीकृत भएको हो ।

चिलिमे जलविद्युत कम्पनीको १० प्रतिशत बोनस शेयर वापत ७२ लाख ५८ हजार १८० कित्ता र सानिमामाई हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर वापतको ३० लाख ८९ हजार २५१ कित्ता शेयर सूचीकृत भएको हो । चिलिमे जलविद्युतले गत पुस २० गते १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

नगद लाभांश वितरण गरिसकेको कम्पनीले बोनस शेयर समेत कारोबारयोग्य बनाएको हो । बोनस शेयर थप भएसँगै दोस्रो बजारमा कम्पनीको सूचीकृत शेयरको संख्या ७ करोड ९८ लाख ३९ हजार ९७५ कित्ता पुगेको छ । त्यस्तै, सानिमामाई हाइड्रोपावर कम्पनीले गत कात्तिक २३ गते सम्पन्न १२औं वार्षिक साधारण सभामार्फत १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

यस कम्पनीले पारित गरेको तीन महिनापछि बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो । बोनस शेयर थप भएसँगै सानिमामाई हाइड्रोपावरको दोस्रो बजारमा सूचीकृत शेयरको संख्या ३ करोड ३९ लाख ८१ हजार ७६१ कित्ता पुगेको छ । 

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - ०७:२८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology