Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मैथिली भाषामा लिखित ‘अर्चनाकृत रामायण' विमोचित

मैथिली भाषामा लिखित ‘अर्चनाकृत रामायण' विमोचित

दैनिकी न्यूज

३, फाल्गुण २०८०
मैथिली भाषामा लिखित ‘अर्चनाकृत रामायण' विमोचित
images

ललितपुर । नेपाली भाषामा लेखिएको रामायणमा आधारित रहेर मैथिली भाषामा लिखित ‘अर्चनाकृत रामायण' को बिमोचन भएको छ ।

मामाघर आश्रमद्वारा बुधबार बाँडेगाउँमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ‘वाल्मीकि रामायण' र ‘रामचरितमानस' रामायणको आधारमा पत्रकार अर्चना झाद्वारा मैथिली भाषामा लिखित रामायणको बिमोचन गरेका हुन् ।

अर्चनाकृत रामायणु को बिमोचन गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री निधिले रामायणको लेखन गरेर आफू, आफ्नो परिवारका साथसाथै भाषा र संस्कृतिलाई पनि अजर अमर बनाएको बताए । रामायणमा रामको मात्रै चर्चा भएको भन्दै उनले रामायणमा रामसँगै सीताको पनि चर्चा गरिनुपर्ने बताउदै सीता विना रामको कथा अधुरो हुने धारणा राखे ।
'मैथिली भाषामा रामायणको लेखन गरेर आफू, आफ्नो परिवारका साथसाथै भाषा र संस्कृतिलाई पनि अजर अमर बनाएको छ । रामायणमा रामको मात्रै बढि चर्चा भयो भन्ने कुरा पनि उठ्यो, सीताविनाको राम अधुरो हो । उनै सीताको बर्णन ओझेलमा परिरहेको छ। सीता नेपाली चेली हुन् । मैले मेरो आँखाले हेर्दा रामायण भनेको धार्मिक ग्रन्थ मात्रै हैन, राजनीतिक प्रेरणादायी कथाको स्रोत हो । यसलाई बृहत् ढंगले हेर्नुपर्छ । बृहत् ढंगले ब्याख्या गर्नुपर्छ ।' नेता निधिले भने ।

उनले हामीले रामायणलाई कुन आँखाले हेर्छौं भन्ने कुरामा निर्भर गर्छ भन्नुहुँदै रामायण संसारको सबैभन्दा प्रेरणादायी राजनीतिक ग्रन्थ समेत हो भन्ने बताए। उनले आजको पुस्ताले रामायणलाई धार्मिक पुस्तक वा राम र सीताको कथामा मात्रै सीमित नगरी राजनीतिक रुपमा पनि हेरिनुपर्ने र त्यसबाट शिक्षा लिनुपर्ने धारणा राखे ।

प्रकाशित कृतिमाथि समीक्षा गर्नुहुँदै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले रामायणमा रामको मात्रै चर्चा बढि गरिएको बताउनु हुँदै सीताको भूमिमा सीताको चर्चालाई ब्यापकता दिइनुपर्ने बताए ।

'मिथिलामा महिलालाई प्राथमिकता दिइन्छ, तर रामायणमा कम प्राथमिकता दिइएको पाइन्छ । पूर्वीय दर्शनमा लेखिएको सबै पुस्तकहरुमध्ये रामायण सबैभन्दा बढि संख्यामा लेखिएको पुस्तक हो । यो जति संख्यामा अरु कुनैपनि पुस्तक लेखिएको छैन, आजको दिनमा रामायणको कुरा गर्दा हाम्रै भूमिमा जन्मिएको सीताका बारेमा हाम्रैमा कम चर्चा हुने गरेको छ । तसर्थ हामीले सीतालाई पनि न्याय हुने तरिकाले ब्याख्या गर्नुपर्ने स्थिति छ।' अध्यक्ष झाले भने । उनले मैथिली भाषामा लेखिएको रामायण स्थानीय जनवनेलीमा लेखिएको सवैले बुझ्नसक्ने पहिलो कृति भएको बताउँदै मैथिली समाजमा यसले भाषा कसरी लेख्ने भनेर एउटा बहस सृजना गर्ने बाताबरण बनेको बताए ।

साहित्यकार डाक्टर मञ्चला झाले मैथिली भाषामा अनुवाद गरेर लेख्ने आँट गरेकोमा अर्चना झाप्रति आभार ब्यक्त गरिन् । उनले यो पुस्तक सरल भाषामा लेखिएकोले सजिलैसँग बुझ्न सकिने बताइन् ।
हालसम्म ५० वटा भन्दा बढि भाषामा रामायण लेखिएको छ भन्दै उनले यो पुस्तक प्रकाशनबाट मैथिली भाषाको व्यापकतामा सहयोग पुगेको बताइन्। हिन्दुहरुका आरध्यदेव रामको बारेमा वर्णन गरेर बाल्मिकीले रामायणमा चित्रण गरेर राम नामको महिमालाई व्यापकता दिइएको उनले जानकारी गराइन् ।

गद्यात्मक शैलीमा अनुवादित ुअर्चनाकृत रामायणुमा करिब ६४ हजार शब्द रहेको अनुवादिका अर्चना झाले जानकारी गराइन्।

रामायणमा हिन्दु धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा श्री राम र लक्ष्मी माताका अवतार सीता माताको गाथा लेखिएको छ। यसमा आठ वटा अध्यायहरू छन् जसलाई काण्ड भनिन्छ। नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत आदि लगायतका भाषामा पढ्न पाइने रामायण अब प्राचिन मिथिला बासीले समेत सरल मैथिली भाषामा सम्पूर्ण रामायण पढ्न पाउने अवसर मिलेको अनुवादिका झाले जानकारी गराइन् ।
यस किताबको सम्पादन वरिष्ठ साहित्यकार विनित ठाकुरले गरेका हुन् । महर्षि तथा संस्कृत भाषाका आदिकवि वाल्मिकी ऋषिद्वारा रचना गरिएको ुवाल्मिकी रामायणु त्रेता युगमा भएको मानिन्छ । पवित्र धार्मिक ग्रन्थको रूपमा रहेको रामायणमा दशरथ, जनक, राम, सीता, कैकेयी, गुरु बशिष्ठ, भरत, सत्रुधन, लक्ष्मण, हनुमान, रावण, बाली, सुग्रीव, जटायु आदिलाई मुख्य पात्रका रुपमा चित्रित गरिएको छ ।
मामाघर आश्रम आश्रमका अध्यक्ष श्री वालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले अहोरात्र खटिएर पुस्तक प्रकाशन गरेकोमा अनुवादिका झाप्रति हार्दिक आभार व्यक्त गरे ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - ०७:४६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology