Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सर्वोत्तम सिमेन्टले फागुन १३ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

सर्वोत्तम सिमेन्टले फागुन १३ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

दैनिकी न्यूज

३, फाल्गुण २०८०
सर्वोत्तम सिमेन्टले फागुन १३ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने
images

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आम सर्वसाधारणलाई आगामी फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. ३६०.९० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित आईपीओ जारी गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीले यसअघि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

बुक बिल्डिंग विधिबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी हो । 

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - ०७:५६:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology