Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालद्वारा नेदरल्याण्ड् पराजित

नेपालद्वारा नेदरल्याण्ड् पराजित

दैनिकी न्यूज

५, फाल्गुण २०८०
नेपालद्वारा नेदरल्याण्ड् पराजित
images

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालद्वारा नेदरल्याण्ड् पराजित भएको छ । शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।

आसिफ शेख र अनिल साहले शानदार अर्धशतक प्रहार गरेपछि नेपालको जित सम्भव भएको हो । १ सय ३८ रनको लक्ष्य नेपालले मात्र १५ दशमलव २ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

अनिलले ५७ र आसिफले ५४ नटआउट रन बनाए । ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रनको आक्रमक पाली खेल्दै आउट भए । डच टिमका विलियन किंग्माले एक विकेट हात पारे ।

यसअघि, बलिङमा कुशल भुर्तेल चम्किएपछि नेदरल्याण्ड्स १ सय ३७ रनमा अलआउट भएको थियो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा आलआउट हुँदै १ सय ३७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले समेत राम्रो प्रर्दशन गरे । उनले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले नेपाललाई खेलमा पहिलो विकेट दिलाउँदा कप्तान रोहित पौडेलले समेत एक विकेट झारेका थिए ।

नेदरल्याण्ड्सको इनिङ्समा कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए। त्यसैगरी बास डे लिडले २७ रन, साइब्रान्ड एंगलब्रेक्टले २३ रन,नोआह क्रोसले १२ रन, आर्यन दत्त र म्याक्स ओुडाउडले १०र१० रन बनाए। काइल क्लेनले ११ रन बनाउँदै अविजित रहे । अन्य खेलाडिले दोहोरो अंक बनाउन सकेनन्।

नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो । नेदरल्याण्ड्सलाई हराउँदै नेपालले लिग टूको तालिकामा २ अंकको खाता खोलेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८० शनिवार - १६:०९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology