ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल बासुकी टोल बस्ने मनिस डाँगीको घरबाट विभिन्न सुन तथा चाँदीका गरगहना, कासका करूवा, क्यामरा ४ थान लगायतका सामान समेत गरी करिब ४५ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।