काठमाडौँ। कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा उक्त सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका संचालकहरूले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी बृत नयाँबानेश्वरमा गत जेठ २८ मा मुद्दा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् ।
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् ।