Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

आज एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

दैनिकी न्यूज

८, फाल्गुण २०८०
आज एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
images

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने सातौँ केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।

फागुन १० गतेसम्म चल्ने बैठकका लागि विभिन्न ६ वटा कार्यसूची तय गरिएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्। साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - ०७:२८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology