काठमाडौं । कृषि विकास बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले फागुन ३० गते भक्तपुरको बोडे स्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सभा आह्वान गरेको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि फागुन १७ देखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन ।