Logo

बुधवार, श्रावण २७ गते २०८३

images

बारामा गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण

बारामा गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण

दैनिकी न्यूज

१०, फाल्गुण २०८०
बारामा गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण
images

बारा । बारामा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुइजना घाइते भएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नंं १६ भद्रकालीस्थित पूर्व पश्चिम लोकमार्गमा बाघको आक्रमणबाट दुइजना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक रौतहटको बौधीमाई नगरपालिका(३ बस्ने ३० वर्षका कृष्ण साह र मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षका राजु साह रहेका प्रहरीले जनाएको छ ।

पथलैयाबाट रौतहटतर्फ जाँदै गरेको ना ३६ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट कृष्णको खुट्टामा चोट लागेको र राजुलाई बाघले लछार्दा उनको टाउँको र बायाँ हात र दायाँ हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, डिएसपी दधिराम न्यौपानेले बताए ।

घाइते दुवैजनाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको प्रहरीले जनायो।

साथै बाघ हाल सोही क्षेत्रमा हुनसक्ने भएकाले सुरक्षा सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालय बाराले अनुरोध समेत गरेको छ । प्रहरीले उक्त सडकखण्डबाट आवतजावत गर्दा सर्तकता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको हो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - ०७:५८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology