ललितपुर । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २५ भैँसेपाटीमा बा. प्र ०१–००६ ख ५१६५ नम्बरको पानी ट्याङ्कर र बा. प्र ०२–०२२ प ५५४५ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाँदा स्कुटर चालक सोही महानगरपालिका वडा नं. २६ भैँसेपाटी मगरगाउँ बस्ने २६ वर्षीया अनिशा भुलनको शुक्रबार बिहान मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएकी उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।