Logo

बुधवार, श्रावण २७ गते २०८३

images

घुस लिँदालिँदै पक्राउ परेका ललितपुरका नापी र मालपोत कार्यालयका २ कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा दायर

घुस लिँदालिँदै पक्राउ परेका ललितपुरका नापी र मालपोत कार्यालयका २ कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा दायर

दैनिकी न्यूज

१२, फाल्गुण २०८०
घुस लिँदालिँदै पक्राउ परेका ललितपुरका नापी र मालपोत कार्यालयका २ कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा दायर
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँचजनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग रु २ लाख ५० हजार बराबर घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई गत माघ ९ गते पक्राउ गरिएको थियो।

आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध रु दुई लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ।

त्यसैगरी, आयोगले बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

CwNk92_page-0001.jpg

CwNk92_page-0002.jpg

images
प्रकाशित मिति :फाल्गुण १२, २०८० शनिवार - ०७:५१:०१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology