Logo

बुधवार, श्रावण २७ गते २०८३

images

उपनिर्वाचनको मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम स्थगित

उपनिर्वाचनको मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम स्थगित

दैनिकी न्यूज

१३, फाल्गुण २०८०
उपनिर्वाचनको मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम स्थगित
images

काठमाडौं । उपनिर्वाचनका लागि सुर भएको मतदाता नामावलीको कार्य स्थगित भएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य स्थगन गरिएको हो ।

आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र इलाम २ र बझाङ १ को ख मा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । इलामबाट निर्वाचत पूर्व सभामुख, संविधान सभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका उपनेतासमेत रहेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने बझाङबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पनि सडक दुर्घटनामा परेर निधन भएपछि उक्त क्षेत्र पनि रिक्त छ ।

उपसचिव एवम् प्रवक्ता डा।थानेश्वर भुसालका अनुसार अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले आइतबार निर्णय गरेको जानकारी दिए । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपश्चात् रिक्त भएको इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा सदस्यको रिक्त पदका लागि मिति २०८१ वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने गरी मिति तोकेको छ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०८० आइतवार - १८:३०:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology