Logo

बुधवार, श्रावण २७ गते २०८३

images

फुटबलर मनीष डाँगीको घरमा चोरी गर्ने पक्राउ

फुटबलर मनीष डाँगीको घरमा चोरी गर्ने पक्राउ

दैनिकी न्यूज

१४, फाल्गुण २०८०
फुटबलर मनीष डाँगीको घरमा चोरी गर्ने पक्राउ
images

काठमाडौं । फुटबलर मनीष डाँगीको घरमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न आरोपमा दोलखाका प्रविण तामाङ, अनुप तामाङ र लतिलपुरका राजन श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो ।

यही फागुन ६ गते उनीहरूले ललितपुरको इमाडोलस्थित मनीषको तीनतले घरमा प्रवेश गरी चोरी गरेका थिए । प्रहरीका अनुसार, उनीहरूले डाँगीको घरबाट करिब ४५ लाख रुपैयाँबराबरको धनमाल चोरी गरेको खुलेको छ ।

पक्राउ परेकालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । कार्यालयको ललितपुरको टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अनुपको योजनामा डाँगीको घरमा चोरी गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - ०७:१६:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology