Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

दैनिकी न्यूज

१४, फाल्गुण २०८०
सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
images

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–०८० को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले उक्त लाभांश वितरण पश्चात कायम हुने चुक्ता पुंजीको २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

बीमा प्राधिकरणले हकप्रद स्वीकृत गरेपछि, साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड छ । २३.८० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ । 

images
प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - ०७:२६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology