काठमाडौँ । राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका छन्।
सोमबार पत्रकार सम्मेलनमाफर्त मुक्ति आन्दोलनको घोषणा गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। महन्थ ठाकुर नेतृत्वको लोसपामा उनी वरिष्ठ नेता थिए। उनले जनताको मुक्तीका लागि एकल र छुटफुट रुपमा संभव नभएको भन्दै सबैले आफूले घोषणा गरेको मुक्ति आन्दोलनमा सहभागी हुन अपिल गरे।
महतोले छुट्टै पार्टी बनाउने योजनाका साथ लोसपा छाडेका हुन्।
प्रजातन्त्र पुनःस्थापन पछि सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका महतो पटक पटक मन्त्रीसमेत हुँदै आएका छन्।
२०७२ सालमा संविधान जारी हुँदा आन्दोलनमा उत्रेका उनले संविधानले मधेसी जनताको भावना समेट्न नसकेको जिकिर गर्दै आएका छन्। उनले संविधानले स्वाभिमानलाई बोक्न नसकेको जिकिर गरेका छन्।