Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

संसद् भवनमा कार्यरत ३२ सुरक्षाकर्मी फिर्ता

संसद् भवनमा कार्यरत ३२ सुरक्षाकर्मी फिर्ता

दैनिकी न्यूज

१५, फाल्गुण २०८०
संसद् भवनमा कार्यरत ३२ सुरक्षाकर्मी फिर्ता
images

काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरी विशेष कार्यदलका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीसहित ३२ जनाको प्रहरी टोलीलाई फिर्ता गर्ने निर्णय भएको छ ।

प्रहरी प्रवक्ता डिआइजी भीम ढकालका अनुसार उनीहरूलाई फिर्ता बोलाएर नयाँ प्रहरी टोली पठाइएको हो।

सोमबार लघुवित्त पीडितहरु नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेपछि सुरक्षाको विषयलाई लिएर तरंग उत्पन्न भएको छ ।

यसबारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूलाई बोलाएर आवश्यक छलफल गरिसकेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - ०७:१०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology