Logo

बुधवार, श्रावण २७ गते २०८३

images

किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीको निर्देशन

किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीको निर्देशन

दैनिकी न्यूज

१५, फाल्गुण २०८०
किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीको निर्देशन
images

काठमाडौं । दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दुग्ध किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।’

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - ०७:२५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology