Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ न्यौपानेसहित ११ पक्राउ

प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ न्यौपानेसहित ११ पक्राउ

दैनिकी न्यूज

१५, फाल्गुण २०८०
प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ न्यौपानेसहित ११ पक्राउ
images

काठमाडौँ । तत्कालिन सेन्चुरी कमर्सियल बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम पनि छन् ।

सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

पक्राउ पर्नेमा दीलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सबिन श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ, सुभाष श्रेष्ठ र अन्पमा श्रेष्ठ रहेका छन् । पक्राउ पर्नेहरुमध्ये मनोज, दिलीप, दीपेश, राजेश र रमणबाहेक अन्य सबैले अवकाश लिईसकेका छन् ।

यो घटनाले बैंकिङ क्षेत्रको बेथिती उदांगिएको छ । यसले बैंकका प्रभावशाली पदमा रहेका व्यक्तिले कसरी नाजायज फाइदा उठाएर कर्जा प्रवाह गर्ने गर्छन् भन्ने छताछुल्ल भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १७:५२:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology