Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेपाली कांग्रेस सर्लाहीका सभापति सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

नेपाली कांग्रेस सर्लाहीका सभापति सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

दैनिकी न्यूज

१६, फाल्गुण २०८०
नेपाली कांग्रेस सर्लाहीका सभापति सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर
images

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिंहलाई दोषी ठहर गरेको हो । मंगलबार जारी गरिएको फैसलामा​ कैद र जरिवानाको सजाय भने खुल्न बाँकी छ ।

सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

यसअघि विशेष अदालतले दोषी ठहर गर्दै साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि उनी पुनरावेदनका लागि सर्वोच्च पुगेको थिए । पुनरावेदनमा दाबी नपुग्ने भन्दै सवोच्चले उनलाई दोषी ठहर गरेको हो ।

यस्तै मन्समरा सिँचाई आयोजना उपभोक्ता समितिको अध्यक्ष हुँदा भ्रष्टाचार गरेको कसूरमा पनि उनी दोषी ठहर भएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - ०८:०१:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology