काठमाडौं । काठमाडौंमा बुधबारदेखि विभिन्न स्थानमा सात दिन विद्युत सेवा आपूर्ति नहुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै आजदेखि एक सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आगामी फागुन २२ गतेसम्म विद्युत लाइन अवरुद्ध हुने जनाइएको छ ।
बुधबार बालुवाटार फिडबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत् सेवा उपलब्ध हुने छैन ।
बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । मौसम प्रतिकुल रहेमा भने विद्युत् नियमित आउने प्राधिकरणले जनाएको छ ।
