काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकले गरेको कार्य विभाजनप्रति लिखित असहमति राखेका छन् । उनले पार्टी विधि विपरीत मुख्य नेतृत्वले आफ्नो अनुकूलतामा कार्यविभाजन गरेको दाबी गरेका छन् ।
‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य विपरीत कतिपय प्रदेशहरुमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु,ु शर्माले लिखित अहमतिमा भनेका छन् ।
उनले जनप्रतिनिधिलाई इञ्चार्ज नबनाउने नीति लागु नभएको बताएका छन् । उनले अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाल र बुहारी बिना मगरलाई सहइञ्चार्ज बनाएकोमा आपत्ति जनाएका छन् ।