काठमाडौं । बेलाबेला विवादमा परिरहने शर्मिला वाइबा पक्राउ परेकी छिन्। आफूलाई सामाजिक अभियन्ता बताउने वाइबाले कलाकार पवन खतिवडा ‘म्याकुरी' माथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बुधवार सिन्धुपाल्चोक प्रहरीद्वारा वाइबालाई कुटपिट तथा अङ्गभङ्ग मुद्दामा बाह्रबिसेबाट पक्राउ गरेको हो।
पछिल्लो समय म्याकुरी नामले परिचित कलाकार पवन खतिवडा र उनकी बहिनी गंगामाथि घरभित्रै पुगेर शर्मिला वाइबा,पवनकी श्रीमती सुम्निमा खालिङमाथि कुटपिट गरेका थिए ।