Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

फोनिज बारा शाखा पनिले बुझायो नेपाल पत्रकार महासंघ बारामा सात दिने अल्टिमेटम तथा स्मरण पत्र

फोनिज बारा शाखा पनिले बुझायो नेपाल पत्रकार महासंघ बारामा सात दिने अल्टिमेटम तथा स्मरण पत्र

दैनिकी न्यूज

१७, फाल्गुण २०८०
फोनिज बारा शाखा पनिले बुझायो नेपाल पत्रकार महासंघ बारामा सात दिने अल्टिमेटम तथा स्मरण पत्र
images

बारा । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको विषयमा लामो समय देखि नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले उठान गर्दै आएको विषयमा नेपाल पत्रकार महासंघ गम्भीरताका साथ नलिएको भन्दै नेपाल पत्रकार महासंघ बारा शाखामा मार्फत केन्द्रीय समितिलाई ७ दिने अल्टिमेटम तथा स्मरण पत्र हस्तान्तरण बुधबार गरेको हो ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको गलत इतिहासलाई हाल सम्म नसच्याएकाले गलत इतिहास सच्याउन माग गर्दै बुधबार फोनिज बारा शाखाका अध्यक्ष जियालाल चौधरीका नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष रामबाबु मेहता , सचिव अनिल कुमार गौरव तथा सह सचिव दुष्यन्त चौधरीलाई शाखा मार्फत केन्द्रीय समितिलाई ७ दिने अल्टिमेटम तथा स्मरण पत्र बुझाएको हो । वर्तमान नेपाल पत्रकार महासंघको जग तत्कालीन ‘नेपाल पत्रकार संघ’ नै हो । नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको थियो ।

अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रूपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ । वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।

यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गरेका छन् । यस भन्दा पहिला पनि फोनिजले २०७९ सालमा नेपाल पत्रकार महासंघ मार्फत ज्ञापन पत्र बुझाइएको थियो । तर इतिहास नसच्याएकाले स्मरणका लागि पुनः बुझाइएको हो ।

सात दिने अल्टिमेटम तथा स्मरण पत्र बुझाउने क्रममा फोनिज बाराका सल्लाहकार तथा अग्रज पत्रकार सत्य प्रकाश श्रेष्ठ , फोनिज बाराका सचिव धिरेन्द्र पनुहर , बिनिता चौधरी , जितेन्द्र चौधरी लगाएको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - ०६:२७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology