Logo

बुधवार, श्रावण २७ गते २०८३

images

करिब ६५ किलो गाँजासहित अटो चालक पक्राउ

करिब ६५ किलो गाँजासहित अटो चालक पक्राउ

दैनिकी न्यूज

१९, फाल्गुण २०८०
करिब ६५ किलो गाँजासहित अटो चालक पक्राउ
images

महोत्तरी । बर्दिबास नगरपालिका-८ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ६५ किलोसहित सोही ठाउँ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी हात्तिलेट र ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले ज.१ स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजासहित अटो चालक चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - २०:१५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology