काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक पदाधिकारीको बैठक बोलाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान १० बजेका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । बैठक बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ ।
सहमहामन्त्री जीवन परियारका अनुसार छलफल गठबन्धन र सरकारका विषयमा छलफल हुनेछ ।