काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
बालकोटमा सचिवालय बैठक सकिए लगत्तै अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि बालुवाटार पुगेका छन् ।
माओवादी केन्द्र र कांग्रेसबीचको समीकरण भत्किई नयाँ समीकरणसहित सरकार बन्ने निश्चित भएसँगै छलफलका लागि ओली प्रधानमन्त्रीनिवास गएको स्रोतले जनाएको छ।