Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रहरी हौं भन्दै डर त्रास देखाई लुटपाट गरेको अभियोगमा ३ जना पक्राउ

प्रहरी हौं भन्दै डर त्रास देखाई लुटपाट गरेको अभियोगमा ३ जना पक्राउ

दैनिकी न्यूज

२३, फाल्गुण २०८०
प्रहरी हौं भन्दै डर त्रास देखाई लुटपाट गरेको अभियोगमा ३ जना पक्राउ
images

काठमाडौं । काठमाडौं घट्टेकुलोस्थित ३२ क्याफेमा भएको लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने दोलखा शैलुङ्ग गाउँपालिका–१ घर भएका ३२ वर्षीय प्रमेश्वर खडका, रामेछाप मन्थली नगरपालिका-९ घर भएका २८ वर्षीय मिलन तामाङ भन्ने बिनोद सुन्दास र गोकर्णेश्वर नगरपालिका–५ डेरा गरी बस्ने ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–४ घर भएका ३७ वर्षीय प्रेम राई रहेका छन् ।

उनीहरूले एक जना पीडितलाई आइतबार राति मिलन लामा नाम गरेको फेसबुक आईडीबाट आईफोन लगायतको इलेक्ट्रोनिक ग्याजेटहरू किन्छु भनेर सो क्याफेमा बोलाई सामान हेरी सकेपश्चात हामी प्रहरी हौं भनी डर, धाक, धम्की दिई लुटपाट गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिहंदरबारबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद २१ हजार ४ सय ७० रूपैयाँ, मोबाइलहरू, सेट १ थान र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्र लगायतका सामानहरू बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - ०८:०८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology