Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

दैनिकी न्यूज

२३, फाल्गुण २०८०
एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (बुधबार) बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो

नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पाटीको बैठक बस्न लागेको एकीकृत समाजवादी पार्टीले जनाएको छ ।

यसअघिको गठबन्धनमा समेत सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा समेत सहभागी हुन माओवादी केन्द्र र नेकपा एमालेको तीव्र दबाब छ। दुवै पार्टीका अध्यक्ष नेपालको निवास नै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्।

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीसहितका नेता नेपालको निवास कोटेश्वर पुगेका थिए।

यसअघि सोमबार पनि प्रधानमन्त्री दाहाल नेपालको निवास पुगेका थिए। ओलीले मंगलबार दिउँसो फोन गरेर गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह गरेका थिए।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - ०८:१६:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology