Logo

बुधवार, श्रावण २७ गते २०८३

images

युके पठाइदिन्छु भन्दै करिब ३० लाख ठगी गर्ने ललितपुर, भैसेपाटीका एक व्यक्ति पक्राउ

युके पठाइदिन्छु भन्दै करिब ३० लाख ठगी गर्ने ललितपुर, भैसेपाटीका एक व्यक्ति पक्राउ

दैनिकी न्यूज

२४, फाल्गुण २०८०
युके पठाइदिन्छु भन्दै करिब ३० लाख ठगी गर्ने ललितपुर, भैसेपाटीका एक व्यक्ति पक्राउ
images

ललितपुर । युके पठाइदिन्छु भन्दै २९ लाख ८८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका वडा नं. ९ घर भई ललितपुर महानगरपालिका वडा नं. २५ भैसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाई मासिक ४ लाख २० हजार रूपैयाँ तलबमा केयर गिभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - १९:३१:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology