Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शिव पार्वती रथयात्रा सम्पन्न, १०८ फिट अग्लो मुर्ति निर्माण द्रुत गतिमा

शिव पार्वती रथयात्रा सम्पन्न, १०८ फिट अग्लो मुर्ति निर्माण द्रुत गतिमा

दैनिकी न्यूज

२४, फाल्गुण २०८०
शिव पार्वती रथयात्रा सम्पन्न, १०८ फिट अग्लो मुर्ति निर्माण द्रुत गतिमा
images

काठमाण्डौ । शिवरात्रीको पुर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा बुधबार सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दिरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुश सहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको शिवमुर्ती भएको स्थानमा पुगेका थिए । शिवरात्रीको सो अवसरमा १०८ फिट अग्लो मुर्ति भएको मन्दिर परिसरमा विशेष पुँजा–आजा समेत सम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य भक्तपुर २ नं. क्षेत्रका सांसद दुर्लब थापा, विशिष्ट अतिथि प्रदेश सांसद सुरेश श्रेष्ठ, पुर्वराज्यमन्त्री तारामान गुरुङ, अन्र्तराष्ट्रिय गुरु स्वामि श्री १००८ सत्यदेब महाराजको समेत उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि दुर्लभ थापाले एउटा सामान्य परिवारमा जन्मेर शिवतान्त्रिक बुद्धिकुमार गुरुले अत्यन्तै सह्रानिय काम गरेको बताए । उनले भने ‘यस ठाउँमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणले भक्तपुर चाँगुनारायणको मात्र होइन देशको पहिचानलाई नै उच्च राख्ने छ । दुई बर्ष भित्रै यहाँका सम्पुर्ण कामहरुलाई सक्नुपर्छ । धार्मिक पर्यटनको रुपमा यस ठाउँलाई विकास गनुपर्छ ।’

rath2.jpg
कार्यक्रमको अध्यक्षता गरेका मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुले भक्तजनहरुलाई आशिरवचन समेत दिएका थिए । उनले भने ‘हामी सबै नेपाली आमाका सन्तान हौं, हामी सबैको जिवन अत्यन्त छोटो छ । हामी सधै सत्यको मार्गमा हिँड्नु पर्छ । मनुष्य जिवन अत्यन्त महत्वपुर्ण छ । यो छोटो जीवनमा हामी सबैले परमार्थको काम गर्नुपर्छ ।’ उनी भन्छन ‘मैले यस ठाउँमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणको काम जसरी पनि पुरा गर्ने अठोट लिएको छु । बरु एक छाक खान किन छोड्नु नपरोस् । तर पुरा गर्दछु ।’ सो काम गर्न अहिलेसम्म १४ करोड रुपैयाँ खर्च भएको समेत उनले बताए ।
शिव पार्वती रथ यात्राको कार्यक्रममा स्वामी श्री १००८ सत्यदेब महाराजले समेत भक्तजनहरुलाई आशिरचन दिएर भक्तजनहरुलाई उत्साहित गरेका थिए । उनले भने ‘हाम्रो जिवन सधैँ आनन्दमय होस् कसैमा वैरभाव नहोस् । सारा संसार शान्तिमय होस् । नेपाल आमाको काँखमा धेरै शन्तहरु जन्मे तर बुद्धिकुमार गुरुको काम असाधारण छ ।’
कार्यक्रममा अतिथिका रुपमा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, चाँगुनारायण नगरपालिकाका वडा नं. ८ का अध्यक्ष जनक खत्री, पुर्व प्रदेशमन्त्री कृष्णलाल भडेल, बागमती प्रदेशका मुख्यमन्त्रीका सल्लाकार डिपि ढकालको समेत सहभागिता रहेको थियो । शान्तिको कामना गर्दै ६ वटा सेतो परेवा समेत सो अवसरमा उडाइएको थियो ।
मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले आफ्नो प्रस्तावना र उद्देश्य अनुरुप मानव कल्याणका महत्वपूर्ण कार्य तथा धार्मिक प्रचार प्रसारमा लागिरहेको छ । धार्मिक कार्यलाई विज्ञानसँग र सेवासँग जोड्दै अघि बढिरहेको छ । गुरुको संरक्षकत्वमा प्रतिष्ठानले १०८ फिटको विश्वको सबैभन्दा ठुलो शिवमुर्ती बनाउँदैछ । ५४ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा शिव पार्वती मन्दिर २७ फिट नाग देबता, २७ धारा गोसाइकुण्ड, विष्णुकुण्ड, विद्यालय, पुस्तकालय, बाल आश्रम, वृद्धाश्रम, अतिथिगृह, भोजनालय, फनपार्क, गौमातागृह, प्रवेशद्धार जस्ता कार्यहरु गर्दैछ । यहाँ २६ ओटा परियोजना समावेश छन् । समग्र परियोजना सम्पन्न हुन १ अर्ब भन्दा बढी लागत लाग्ने अपेक्षा गरिएको छ । यो परियोजना सम्पन्न गर्नका लागि शिवतान्त्रिक गुरु, विभिन्न संघ सस्था, सरकारी निकाय तथा भक्तजनहरुको सहयोग लिइ अहोरात्र खटिरहनु भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - १९:५०:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology