Logo

बुधवार, श्रावण २७ गते २०८३

images

यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

दैनिकी न्यूज

२५, फाल्गुण २०८०
यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै
images

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका गएका छन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् ।

शनिबार मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन् । देशको प्रतिनिधित्व गर्दै मन्त्रीकै नेतृत्वमा सम्मेलनमा भाग लिन जाने अन्तराष्ट्रिय प्रचलन रहेकोले मन्त्री चौधरीले भ्रमणको नेतृत्व गरेको हो ।

सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न महिला अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु गइरहेका छन् ।

यसैविच सामाजिक सञ्जालमा आएको अफवाह प्रति महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको सचिबालयले ध्यानाकर्षण भएको जनाएको छ । अघिल्लो गठबन्धन सरकारको मन्त्रिपरिषद्ले सम्मेलनमा भाग लिन जाने निर्णय गरेकोमा सरकार परिवर्तन भएसँगै अघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीको नेतृत्वमा सम्मेलनमा जान लागिएको सचिवालयले जनाएको छ ।

मन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा अमेरिकास्थित नेपाली दूतावासबाट ३ जना सहभागी हुने बताइएको छ । मन्त्रालयका अधिकारी सहित मन्त्री र सचिवको भ्रमण खर्च सरकारले ब्यहोर्ने छ । अन्यहरु व्यक्तिगत खर्चमा अमेरिका जानेछन् ।

चौधरी बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त हुनुभएको हो । बुधबारै मन्त्रालयको कार्यभार सम्हालेसँगै मन्त्री चौधरीले सचिव, सहसचिव लगायत कर्मचारीहरुसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सवालमा प्रत्यक्ष देखीने कार्यहरु गर्न आफु आएकोले सकारात्मक र रचनात्मक सहयोग गर्न अनुरोध गरेको थियो । सोही बखत मन्त्री चौधरीले महिलाका सवालमा ग्रासरुटसम्मै काम गर्न ७७ वटै जिल्लाहरुमा पुग्ने गरी आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाउन पनि निर्देशन दिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०८० शुक्रवार - ०९:१६:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology