Logo

बुधवार, श्रावण २७ गते २०८३

images

अवैध लागूऔषधसहित ललितपुरको नख्खुदोवाटो एक जना पक्राउ

अवैध लागूऔषधसहित ललितपुरको नख्खुदोवाटो एक जना पक्राउ

दैनिकी न्यूज

२७, फाल्गुण २०८०
अवैध लागूऔषधसहित ललितपुरको नख्खुदोवाटो एक जना पक्राउ
images

ललितपुर । प्रहरीले अवैध लागूऔषधसहित ललितपुरको नख्खुदोवाटो एक जना पक्राउ गरेको छ ।

ललितपुर–४ नख्खुदोबाटो खरिबोटबाट नियन्त्रित लागूऔषध नुर्फ्रिन १ सय ४३ एम्पुल, डाईजेपाम १ सय ५२ एम्पुल र फेनारगन १ सय २८ एम्पुलसहित ललितपुर महानगरपालिका–२५ भैसिपाटी बस्ने ३२ वर्षीय सुरेश पण्डित क्षेत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले ललितपुर भैसिपाटीदेखि जावलाखेलतर्फ जाँदै गरेको बा ४ च ८८७४ नम्बरको पिकअप भ्यानलाई जाँच गर्न क्रममा उक्त लागूऔषध फेला पारी चालक क्षेत्रीलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - ०७:३४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology