Logo

बुधवार, श्रावण २७ गते २०८३

images

अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी गर्ने एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी गर्ने एक जना पक्राउ

दैनिकी न्यूज

३०, फाल्गुण २०८०
अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी गर्ने एक जना पक्राउ
images

काठमाडौं । नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा रु सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति रु ८० लाखसम्म लाग्छ भनी दुई जनासँग रु ६० लाख लिएर फरार भएका थिए ।

राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८० बुधवार - ०७:११:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology