Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

दैनिकी न्यूज

३०, फाल्गुण २०८०
लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा
images

ललितपुर । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका अनुसार सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । विभागले गरेको सिफारिस अनुसार समस्याग्रस्त घोषणा गरेको जनाइएको छ ।

सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि किन समस्याग्रस्त घोषणा नगर्ने भनेर माघ १५ गते स्ष्टीकरण सोधेको थियो ।

तर, सहकारीले चित्तबुझ्दो जवाफ नदिएपछि विभागले समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको थियो । सहकारीमा धेरै किसिमका कमजोरी पाइएको र बचत फिर्ता गर्ने स्पष्ट खाकासमेत पेस नगरेपछि सहकारीलाई समस्याग्रस्त घोषणाको तयारी गरिएको थियो ।

सहकारीमा बचतकर्ताको उजुरी बढ्दै गएपछि विभागले दीपकराज पोखरेलको संयोजकत्वमा स्वतन्त्र अनुगमन गरेको थियो । अनुगमन टोलीले असोज ३० गते प्रतिवेदन पेस गर्दै संस्थामा सेयर सदस्यलाई हानि पुग्ने विभिन्न गतिविधि भइरहेका कैफियत फेला पारेको उल्लेख गरेको थियो ।

बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम दुरुपयोग गरी लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत तथा सचिव सुरेन्द्र भण्डारीलगायत सञ्चालकले निजी व्यवसाय सञ्चालन गरिरहेका छन् ।

उनीहरुले बचतकर्ताको बचत दुरुपयोग गरी लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस राष्ट्रिय उच्च मावि तथा कलेज प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुन्ड हाइड्रोपावर प्रालि, श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, श्री लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, श्री लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ लिमिटेडलगायत सञ्चालन गरेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८० बुधवार - ०७:४३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology