ललितपुर । ललितपुर जिल्लाको बागमती गाउँपालिकावडा नं. ४ प्युटार बस्ने कुमार बजगाईको कच्ची घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।