उदयपुर । बेलका नगरपालिका-७ मेनामैनीमा सुनसरी धरानबाट भोजपुर घोडेटारतर्फ जाँदै गरेको को.१ ज २५९३ नम्बरको बोलेरो गाडी सडकबाट करिब ४ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ७ जनाको घटनास्थलमै र १ जनाको धरान बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये गाडी चालक हतुवागढी गाउँपालिका-२ का ४० वर्षीय मान बहादुर बस्नेत र सोही गाउँपालिका-५ का ४२ बर्षीय किसान राईको सनाखत भएको छ भने अन्य मृतकहरूको सनाखत हुन बाँकी रहेको छ ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ९ जनालाई उपचारको लागि धरानतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।