Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रभु बैंकका डेपुटी सीईओसहित १० जना बैंकर हाजिरी जमानीमा छुटे

प्रभु बैंकका डेपुटी सीईओसहित १० जना बैंकर हाजिरी जमानीमा छुटे

दैनिकी न्यूज

१, चैत्र २०८०
प्रभु बैंकका डेपुटी सीईओसहित १० जना बैंकर हाजिरी जमानीमा छुटे
images

काठमाडौं । धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिर जमानी छुटेका छन् । सरकारी वकिलको कार्यालयसँगको समन्वयमा उनीहरूलाई हाजिर जमानीमा छोडिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार उनीहरूमाथि प्रारम्भिक अनुसन्धान सकिएको छ । बाँकी अनुसन्धान बाहिर नै राखेर हुने उनको भनाइ छ ।

फागुन १५ गते तत्कालीन सेन्चुरी बैंकका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित तुलसीराम गौतम, सविन घिमिरे, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा हुँदा धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोप लागेको छ ।

images
प्रकाशित मिति :चैत्र १, २०८० बिहिवार - १९:३१:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology