Logo

बुधवार, श्रावण २७ गते २०८३

images

रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यू

रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यू

दैनिकी न्यूज

२, चैत्र २०८०
रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यू
images

काठमाडौं । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यू भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मृत्यू हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको पुष्टि भएको मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

साथै मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामा बाहेक अरू विदेशी सेनामा भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि स्पष्ट पारेको छ । रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्रयास तथा कुटनीतिक प्रयासलाई जारी नै राखेको जनाएको छ ।

योसँगै रुसी सेनामा कार्यरत मृत्यू हुनेमा नेपालीको सङ्ख्या १९ जना पुगेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति तथा घाइतेको उपचार र कार्यरत नेपालीलाई फिर्ता पठाउन निरन्तर अनुरोध गर्दै आएको मन्त्रालयको भनाइ छ ।

1.jpg

images
प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - ०७:०१:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology