काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीम ढकालले जानकारी दिए।
दिपेश सुन तस्करी प्रकरण र सहकारी ठगी प्रकरणमा मुछिएका थिए। पुनलाई प्रहरीले कुन मुद्दा पक्रेको हो खुलाएको छैन।
६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको थियो। यस्तै, बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि उनको नाम मुछिएको थियो।