Logo

बुधवार, श्रावण २७ गते २०८३

images

माओवादी र नेसपाबीच पार्टी एकता

माओवादी र नेसपाबीच पार्टी एकता

दैनिकी न्यूज

३, चैत्र २०८०
माओवादी र नेसपाबीच पार्टी एकता
images

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र) बीच एकता गर्ने सहमति भएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वमा रहेको नेसपाले शनिबार माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो।

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवसहितको टोलीले प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले चार बुँदे सहमति गरेको छ।

बैठकमा अध्यक्ष दाहालसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ तथा नेसपाको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।

दुवै पार्टीको एकीकरणपछि आगामी महाधिवेशनबाट नयाँ नाम टुंगो लगाउने सहमति गरेका छन्।

पार्टी एकताका लागि माओवादीको तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाको तर्फबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादवको कार्यदल गठन गरिएको छ।

एकताको सहमतिपछि माओवादीका महासचिव गुरुङ र नेसपाका महासचिव यादवले संयुक्त प्रेस नोट जारी गरी यस सम्बन्धी जानकारी दिएका छन्।

431431863_7231141956969763_4949120259974139386_n.jpg

images
प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - ११:०८:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology