Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नक्कली नोटसहित ललितपुर प्रहरीबाट तीन युवक पक्राउ

नक्कली नोटसहित ललितपुर प्रहरीबाट तीन युवक पक्राउ

दैनिकी न्यूज

४, चैत्र २०८०
नक्कली नोटसहित ललितपुर प्रहरीबाट तीन युवक पक्राउ
images

ललितपुर । नक्कली नोटसहित जिल्ला प्रहरी परिसर ललितपुरले तीन युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं. ३ टौखेलका ३७ वर्षिय करण प्रधान रहेका छन् । गत चैत १ गते टौखेलमा नक्कली नोट कारोबार गरिरहेको भन्ने गोप्य सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटिइ प्रधानलाई नियन्त्रणमा लिएको थियो । प्रधानको साथबाट प्रहरीले रु १००० दरको नक्कली नोट २० थान, सक्कली रु १००० दरको १२ थान, अमेरिकन ५ डलरको नोट थान २, अमेरिकन १ डलरको नोट थान ३ र आई फोनसमेत फेला परेको थियो ।

a6c44e23-59d7-4e12-abde-7bcbb089e2b0.jpg

प्रधानसँथ थप सोधपुछ गर्दा जिल्ला काभ्रे, मण्डनदेउपुर नगरपालिका वडा नं. ११ तिमिल्सिना गाउँका संजय अधिकारीको संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र ललितपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । उनको साथबाट प्रहरीले रु १००० दरको नक्कली नोट ११५ थानसमेत बरामद गरेको छ ।

त्यस्तै नक्कली नोट बनाउने कार्यमा संलग्न जिल्ला काभ्रे, बेथानचोक–३ लप्सिबोट घर भई हाल बनेपा–५ स्थितमा एच.एम मोबाईल केयर संचालक सबिन हुमागाईसमेत पक्राउ गरेको छ । प्रहरीले उनले संचालन गरेको एच.एम मोबाईल केयरमा गई खानतलासी गर्दा रु १००० दरको नक्कली नोट ६९ थान र रु ५०० दरको नक्कली नोट १ थान नक्कली नोट छाप्न प्रयोग भएको प्रिन्टर थान १, ल्यपटप थान १, नक्कली नोट छाप्न प्रयोग गरिने सादा पेपर ४०० पिस, मोबाईल थान १ फेला बरामद गरेको छ ।

नियन्त्रणमा लिएकाहरुलाई मुद्रा सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

 

images
प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - १८:४७:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology