Logo

आइतवार, श्रावण २४ गते २०८३

images

३ लाख ६४ हजार नगदसहित ललितपुरको लामाटारबाट ११ जुवाडे प्रहरीको नियन्त्रणमा (सूचिसहित)

३ लाख ६४ हजार नगदसहित ललितपुरको लामाटारबाट ११ जुवाडे प्रहरीको नियन्त्रणमा (सूचिसहित)

रामहरि कार्की

४, चैत्र २०८०
३ लाख ६४ हजार नगदसहित ललितपुरको लामाटारबाट ११ जुवाडे प्रहरीको नियन्त्रणमा (सूचिसहित)
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ९ लामाटार, भुजुङ्गे चोकमा बस्ने हरिबोल चौलागाईको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई शनिबार दिउसो प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर र वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक तास सहित फेला पारी प क्रा उ गरेको हो ।

प क्रा उ पर्ने महालक्ष्मी–९ भुजुङ्गे बस्ने वर्ष ४७ को हरिबोल चौलागाई, भोजपुर घर सोही स्थान बस्ने वर्ष ४४ को सञ्जय राई, काभ्रे मण्डनदेउपुर–१२ घर भई सोही स्थान बस्ने वर्ष ४१ को दिपक पराजुली, आरुबोट बस्ने वर्ष ३६ को अनुप खड्का, वर्ष ४२ को राजकुमार अवाले, वर्ष ४२ को रामहरि घिमिरे, महालक्ष्मी–६ सानागाउँका वर्ष २६ को कपिल नेमुकल, भक्तपुर, सूर्यविनायक–४ वस्ने वर्ष ५५ को श्याम केसी रहेका छन् ।
त्यस्तै ललितपुर गोदावरी–३ शान्तिवन बस्ने वर्ष ४५ को सुनिल लामा, मकवानपुर, भिमफेदी–४ घर भई महालक्ष्मी–४ ट्याम्पोपार्क बस्ने वर्ष ५४ को लिला मगर, काभ्रे पनौती–१ घर भई ललितपुर–६, सुन्धरा बस्ने वर्ष २८ को राजु तामाङ रहेका छन् ।

विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । । प क्रा उ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जुवा सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भैरहेको प्रवक्ता सुवेदीले बताए ।

images
प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - १९:१७:०९ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology