Logo

बुधवार, श्रावण २७ गते २०८३

images

एनआरएनए : आरके शर्माले भेटे परराष्ट्रमन्त्रीलाई

एनआरएनए : आरके शर्माले भेटे परराष्ट्रमन्त्रीलाई

दैनिकी न्यूज

५, चैत्र २०८०
एनआरएनए : आरके शर्माले भेटे परराष्ट्रमन्त्रीलाई
images

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको आरके समूहका अध्यक्ष राजेन्द्र कुमार शर्माले उपप्रधान तथा पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।

नयाँ सत्ता समिकरण बनेपछि गृहबाट परराष्ट्रमन्त्री बनेका श्रेष्ठलाई भेटेर अध्यक्ष शर्माले एनआरएनएको पछिल्लो घटनाक्रमबारे छलफल गरेका हुन् ।

मन्त्री निवास पुल्चोकमा भएको भेटमा शर्माले संघको काठमाडौंमा भएको ११ औँ निर्वाचनका क्रममा भएको अनियमितताको विषयमा ध्यानाकर्षण समेत गराएका थिए ।

उनले छानबिन समितिले सरकारलाई रिपोर्ट दिइसकेकाले संघलाई न्याय दिलाइदिन आग्रह गरेको जानकारी दिए ।

त्यसैगरी रसियामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आग्रह परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउँदै मध्यपूर्व र विश्वभरका गैरआवासीय नेपालीको मुद्दामा मन्त्रालयको तर्फबाट पहलकदमी लिइदिन अनुरोध गरेका थिए ।

जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले आफू एनआरएनएसँग सहकार्य गर्न इच्छुक रहेको भन्दै विभाजित एनआरएनएलाई मिलाउन आफ्नो पहल हुने बताए । उनले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पुरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुन श्रेष्ठले आग्रह पनि गरेको शर्माले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - ०८:११:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology