Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

गण्डकीमा दीपक मनाङे भौतिक पूर्वाधार मन्त्री

गण्डकीमा दीपक मनाङे भौतिक पूर्वाधार मन्त्री

दैनिकी न्यूज

५, चैत्र २०८०
गण्डकीमा दीपक मनाङे भौतिक पूर्वाधार मन्त्री
images

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनाएका छन् ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । गुरुङले हिजोमात्रै नेकपा (एकीकृत समाजवादी) छोडेको घोषणा गर्दै आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।

गुरुङ २०७९ सालको चुनावमा मनाङ ‘ख’ बाट स्वतन्त्ररूपमा निर्वाचित भएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । केन्द्रको गठबन्धनले गण्डकीमा बहुमत जुटाउन नसक्ने र मध्यावधितिर जाने भएपछि आफूले पार्टी त्यागेको गुरुङको भनाइ छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् । राप्रपाले गठबन्धनमा नजाने बताएकाले गुरुङ मन्त्री बनेपछि मुख्यमन्त्री पाण्डेलाई सरकार जोगाउन सजिलो भएको छ ।

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - १६:३०:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology