Logo

बुधवार, श्रावण २७ गते २०८३

images

दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित सर्वोच्च अदालतबाट पक्राउ

दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित सर्वोच्च अदालतबाट पक्राउ

दैनिकी न्यूज

५, चैत्र २०८०
दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित सर्वोच्च अदालतबाट पक्राउ
images

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बुद्ध शान्ति गाउँपालिका वडा नं. ३ का दीपक खड्का रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

'अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ', उनले भने । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - १६:४२:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology