Logo

बुधवार, श्रावण २७ गते २०८३

images

चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा संजिभ तामाङ पक्राउ

चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा संजिभ तामाङ पक्राउ

दैनिकी न्यूज

६, चैत्र २०८०
चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा संजिभ तामाङ पक्राउ
images

काठमाडौं । चेक रिपब्लिक पठाइदिन्छु भन्दै २९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षीय संजिभ तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ११ जनालाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रविन्द्र रेग्मी जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - ०७:२९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology