Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ठगी धन्दा चलाएको आरोपमा काठमाडौंबाट अर्याल पक्राउ

ठगी धन्दा चलाएको आरोपमा काठमाडौंबाट अर्याल पक्राउ

दैनिकी न्यूज

६, चैत्र २०८०
ठगी धन्दा चलाएको आरोपमा काठमाडौंबाट अर्याल पक्राउ
images

काठमाडौं । करोडौँ रुपैयाँ ठगीको आरोपमा केदार अर्याल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सिनामंगलबाट पक्राउ गरेको हो ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१०, पेप्सीकोेलाका अर्यालविरुद्ध करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी छ । ४४ वर्षीय अर्यालले झापाका दुर्गाप्रसाद प्रसाईंसहित ६ भन्दा बढी व्यक्तिको करोडौँ रकम ठगी गरेको खुलेको छ ।

करिब पाँच वर्षदेखि ठगी भन्दा चलाएका अर्याल प्रहरीलाई छक्काउँदै बसिरहेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।

अर्यालले पम्पी देवीको झापास्थित तीन बिगा जग्गा ग्लोबल आईएमई बैंकमा धितो राख्दा बैंकको प्रतिनिधि बताएर ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

यस्तै, वरुण थापाको ५० लाख रुपैयाँ ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध एक वर्ष कैद सजाय सुनाएको छ । अर्यालविरुद्ध बारा जिल्ला अदालतमा समेत मुद्दा विचाराधीन अवस्थामा छ ।

यसैगरी, झापाका दुर्गा प्रसाईंको ८४ लाख रुपैयाँ ठगी प्रकरणमा दुई वर्ष कैद सजाय तोकिएको छ । थप अनुसन्धानका निम्ति उनलाई झापा पठाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - १६:१९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology